उड्ने कार बनाउँदै हुन्डाई, ५ जनासम्म यात्रा गर्न मिल्ने, यस्तो छ तयारी

एजेन्सी । हुन्डाई मोटर ग्रुपले आफ्नो फ्यूचर मोबिलिटी परियोजना अन्तर्गत नयाँ ब्राण्ड लान्च गरेको छ । हुन्डाईले नयाँ कम्पनी ‘सुपरनल एलएलसी’ दर्ता गरेको हो ।

कम्पनी अर्बन एयर मोबिलिटी सवारी विकास गर्ने लक्ष्यमा काम गरिरहेको छ । हुन्डाई आफ्नो भविष्यको योजना अनुसार उड्ने सवारी विकास गर्ने योजनामा काम गरिरहेको छ । यसका लागि कम्पनी सार्वजनिक र निजी क्षेत्रका लगानीकर्तासँग सहकार्य गर्नेछ ।

नयाँ कम्पनीमार्फत् हुन्डाईले सन् २०२८ मा पहिलो व्यावसायीक ‘फ्लाइङ भेहिकल’ लन्च गर्नेछ । सन् २०३० मा सर्वसाधारणका लागि उपलब्ध गराइने छ । हुन्डाइका अनुसार कम्पनी इभीटीओएल फ्लाइङ भेहिकलमा काम गरिरहेको छ ।

यो फ्लाइङ कार इभीटीओएलले यात्रा सहज बनाउनुका साथै दुर्घटना पनि कम गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ ।
हुन्डाईले यस फ्लाइङ भेहिकललाई किफायती बनाउनका लागि विशेष ध्यान दिइरहेको छ । उड्ने कार आम ग्राहकको पहुँचमा पुगोस् भन्ने हुन्डाईको चहाना छ ।

सुपरनलमा ५० भन्दा धेरै कम्पनीको सहभागिता छ । जसले भविष्यको सवारीको डिजाइन गरिरहेको छ । सुपरनलले सिर्फ उड्ने सवारी मात्र विकास गर्ने छैन । सवारीका लागि एउटा सिस्टम पनि बनाउने छ जसको मद्दतबाट कम्पनीमा निर्माण हुने सबै सवारीलाई एक नेटवर्कमा जोड्नेछ ।

उड्ने सवारी कम्पनीले पहिले चरणमा कमर्शियल स्पेसका लागि लन्च गर्नेछ । यी कारलाई अहिले अनलाइनबाट ट्याक्सी बुक गरि जसरी बुक गर्न सकिन्छ । यसलाई यात्री एपको मद्दतबाट बुक गर्न सकिन्छ । जसमा राइडको समय छनोट गर्ने, परिवर्तन गर्ने र रद्द गर्ने विकल्प पनि उपलब्ध हुनेछ ।

हुन्डाई मोटर ग्रुपको एयर मोबिलिटी डिभिजनले अघिल्लो वर्ष अन्तर्राष्ट्रिय बजारमा आफ्नो कन्सेप्ट फ्लाइङ कार एस–ए१ पेश गरेको थियो । हालको समयमा कम्पनी यसलाई इभीटीओएलको रुपमा विकसित गरिरहेको छ ।

कम्पनीका अनुसार यसलाई सन् २०२४ मा अमेरिकी एजेन्सीद्वारा प्रमाणित गरिनेछ । जसपछि अमेरिकी बजारमा बिक्रीका लागि खुल्ला हुनेछ ।

सुपरनलद्वारा निर्माण गरिने पहिलो एयर भेहिकल पूर्ण रुपमा ब्याट्रीबाट सञ्चालन हुनेछ । यसमा ४ देखि ५ जना बसेर यात्रा गर्न सक्छन् । यसलाई पहिलो चरणमा सहर र मूख्य रुटमा शुरु गरिनेछ । यस उड्ने इलेक्ट्रिक कारको डिजाइन गर्नका लागि कम्पनीले हवाई सेवासँग सम्बन्धित इन्जिनियर, प्राविधिकको सहयोगमा निर्माण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स