फुल चार्जमा एक हजार किलोमिटर गुड्ने इलेक्ट्रिक एसयूभी कार बजारमा आउँदै

एजेन्सी । चिनियाँ सवारीसधान उत्पादक ‘जीएसी आयन’ ले फुल चार्जमा एक हजार किलोमिटरको रेञ्ज (माइलेज) दिने इलेक्ट्रिक एसयूभी बजारमा ल्याउने भएको छ । जीएसी आयन कम्पनीले निर्माण गरिरहेको ‘एलएक्स प्लस’ इलेक्ट्रिक एसयूभी फुल चार्जमा एक हजार किलोमिटर रेञ्ज प्रदान गर्ने दावी गरिएको छ ।

आयन चीनको गुआन्झाउ अटोमोवाइल कोर्पोरेशन (जीएसी) समूहको शून्य उत्सर्जनमा केन्द्रित चर्चित कम्पनी हो ।
हाल, कम्पनीले ५ वटा इलेक्ट्रिक एसयूभी उत्पादन तथा विक्री गरिरहेको छ ।

जीएसीले भर्खरै आयन भी प्लस एसयूभी सार्वजनिक गरेको छ । जुन छिटो चार्ज हुने ब्याट्रीका साथ भी भर्सनको अपग्रेड भर्सन हो । जसले एक हजार किलोमिटर रेञ्च प्रदान गर्ने कम्पनीको दावी छ ।

यद्यपि, जीएसीको वेबसाइटमा यसको रेञ्ज भने ५००, ६०० र ७०२ किलोमिटर देखिन्छ ।

आयन भीमा हाल उपलब्ध इलेक्ट्रिक सवारीसाधन मध्ये द्रुत चार्जिङ प्रविधिको प्रयोग गरिएको छ ।

६सी चार्ज मिल्टप्लायरमा जीएसी आयन इभीले ० देखि ८० प्रतिशत ८ मिनेट र ३० देखि ८० प्रतिशत चार्ज गर्न ५ मिनेट भन्दा कम समय लिन्छ ।

आयनले ४८० किलोवाटको फास्ट चार्जरको प्रयोग गरिरहेको छ । तर, अहिलेसम्म गुआन्झाउमा मात्र ४८० किलोवाटको चार्जर स्टेशन उपलब्ध छ । निकट भविष्यमा चीनका सबै राज्यमा ४८० किलोवाटको चार्जिङ स्टेशन निर्माण गर्ने कम्पनीको योजना छ ।

हाल बजारमा उपलब्ध विद्युतीय कारमध्ये टेस्ला एस मोडलले सबैभन्दा धेरै रेञ्ज प्रदान गर्छ । टेस्ला एस मोडलले फुल चार्जमा ६५२ किलोमिटरसम्मको रेञ्ज दिन्छ ।

टेस्ला एस मोडलले वल्र्डवाइड हर्मनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसियूडर साइकलमा उक्त रेञ्ज प्राप्त गरेको हो । यो परीक्षण प्रोटोकललाई अन्तर्राष्ट्रिय रुपमा स्वीकार गरिन्छ ।

टेस्ला एस मोडलको तुलनामा आयन एलएक्सको रेन्ज ५३ प्रतिशत बढी छ ।

आयन एलएक्स तातो मौसममा परीक्षण गर्दा अधिकतम ९०४ किलोमिटरको रेञ्ज प्राप्त गरेको जीएसी मोटरले दावी गरेको छ । गाडीलाई ३६ डिग्री गर्मी र ९० प्रतिशत ह्युमिडिटीमा चलाइएको थियो । अनुकूल परिस्थितिमा आयन एलएक्सले १ हजार किलोमिटरको रेन्ज प्राप्त गर्न सक्ने कम्पनीको दावी छ ।

कम्पनीको नयाँ स्पन्जी सिलिकन क्याथोड टेक्नोलोजी कम तौल साथ अधिकतम शक्ति प्रदान गर्छ । विद्युतीय सवारीसाधनमा प्रयोग भइरहेको १५० किलोवाटआवर ब्याट्री भन्दा आयन एलएक्स ब्याट्री १४ प्रतिशत हलुका र २० प्रतिशत सानो छ । तुलनात्मक रुपमा टेस्ला मोडल एसमा प्रयोग भएको १०० किलोवाटआवरमा ब्याट्री सबैभन्दा ठूलो हो ।

विद्युतीय सवारीको सबैभन्दा ठूलो समस्या भनेको कम रेञ्ज हो । १००० किलोमिटरको रेञ्ज प्रदान गर्ने विद्युतीय सवारीले परम्परागत पेट्रोल र डिजेल कारका खरिदकर्तालाई आकर्षित गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स