काठमाडौं । मंसिर १ गतेदेखि नयाँ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने भएको छ । सरकारले कार्तिक २२ गते (सोमबार) राजपत्रमा सूचना प्रकाशित गरी मंसिर १ गतेदेखि नयाँ सवारीसाधनमा इन्बोस्ड नम्बर प्लट अनिवार्य गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ को क्रमसंख्या १४ ले दिएको अधिकार प्रयोग गरी ५ प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ ।
पहिलो चरणमा इम्बोस्ड नम्बर बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा लागु हुनेछ ।
सार्वजनिक, पर्यटक, निजी सरकारी र संस्थानका सवारीमा इम्बोस्ड नम्बर लागु हुनेछ ।
नयाँ सवारी दर्तामा मंसिर १ गतेदेखि इम्बोस्ड नम्बर जडान हुनेछ ।
फागुन १ गतेदेखि सवारी नामसारीमा इम्बोस्ड नम्बर लागु हुनेछ ।
२०७९ जेठ १ गतेदेखि सवारी दर्ता प्रमाणपत्र नवीकरणमा इम्बोस्ड नम्बर जडान गरिनेछ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/ईम्बोस्ड-नम्बर-प्लेट-सम्बन्धी-व्यवस्था-लागू-गर्ने-निर्णय-गरेको-सूचना.pdf”]