हार्टफोर्ड भीआर मोटरसाइकल किन्दा २५ हजारसम्म फाइदा

काठमाडौं । नेपाली बजारमा उपलब्ध हार्टफोर्डका २ मोडलमा उपलब्ध मोटरसाइकल आगामी छठसम्म किन्दा २५ हजार रुपैयाँसम्म फाइदा हुने भएको छ । नेपालका लागि हार्टफोर्ड मोटरसाइकलको आधिकारिक वितरक इग्निसन अटोले उपलब्ध गराएको यो स्किम अन्तर्गत सो फाइदा लिन सकिन्छ ।

नेपाली बजारमा उपलब्ध भीआर १५०एच र भीआर २२३एच गरी दुई मोडलका मोटरसाइकल उपलब्ध छन् । यी मध्ये भीआर १५० एचको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । तर आगामी छठसम्मका लागि कम्पनीले ४ लाख ६५ हजार रुपैयाँमा यो मोटरसाइकल उपलब्ध गराइरहेको छ । यसबाट ग्राहकले एकै पटक २५ हजार रुपैयाँ फाइदा पाउन सक्नेछन् ।

त्यसैगरी, भीआर २२३एचको मूल्य ५ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल किन्ने ग्राहकका लागि सेतो कलरमा ५ हजार र कालो कलरमा २० हजार रुपैयाँ छुट प्रदान गरिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स