यामाहाको एफजेड भी-थ्री एक्स-कनेक्ट नेपाली बजारमा

काठमाडौं । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले यामाहाको एफजेड भी-थ्री एक्स-कनेक्ट मोडल नेपाली बजारमा ल्याएको छ । २०६५ सालमा एमएडब्लूले एफजेड-१६ पहिलोपल्ट ‘लर्ड अफ द स्ट्रिट’ नाराका साथ बजारमा ल्याएकोमा त्यसपछि पटक-पटक आफ्नो शैली र कार्य क्षमतामा सुधार गर्दै नयाँ मोडल ल्याउने क्रममा एक्स–कनेक्ट बजारमा ल्याएको हो ।

यसपटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाद्वारा थप लाभान्वित गराउने लक्ष्यका साथ यो बाइक डिजाइन गरिएको कम्पनीको दाबी छ । यसको मूल्य तीन लाख ७९ हजार नौ सय रुपैयाँ तोकिएको छ । एमएडब्लूका सिइओ राजु क्षत्रीले यसमा विभिन्न सुविधाको ब्लुटुथ सुविधाका साथै यो बाइक १३५ केजीको हल्का वजनको १४० सेक्सनको रेडियल टायर राखिएको बताए । यसको साइड स्ट्यान्ड हटाइएको र बिएसभिआई र एबिएसजस्ता अपग्रेड गरिएको उनको भनाइ छ ।

विशेषता

यसमा ‘एन्सर ब्याक’ ब्लुटुथ प्रविधिको सुविधा रहेकाले बाइकको इन्डिकेटर बल्न थाल्ने र हर्न बज्ने हुनाले चालकले बाइक कहाँ छ भनेर सहजै थाहा पाउने जनाइएको छ । त्यस्तै, इ–लक प्याट्रनको व्यवस्था रहेकाले कसैले चाहेर साँचोले मात्र मोटरसाइकल स्टार्ट गर्न नसक्ने प्रविधि रहेको छ ।

यसमा रहेको ‘लोकेट माई बाइक’ नामक ब्लुटुथको सुविधाले मोबाइल एप क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेन्डसम्म लगातार बल्ने सुविधा रहेकाले चालकले भिडभाडयुक्त पार्किङमा बाइक सहजै फेला पार्न सक्ने विशेषता रहेको छ । ब्लुटुथअन्तर्गत ‘राइडिङ हिस्ट्री’ सुविधा रहेकाले हरेक यात्राको विवरण अभिलेख हेर्न मिल्ने कम्पनीको दावी छ ।

त्यस्तै, आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउन सक्ने गरी ‘पार्किङ रेकर्ड’ सुविधा रहेको जनाइएको छ । यसमा चालकलाई सडकको सम्भावित दुर्घटना र खतराको बारेमा सचेत बनाउन ‘हजार्ड’ नामक सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स