सुजुकी स्कुटर एक्सचेञ्ज मेलाः कुनै पनि पुरानो मोडलसँग बर्गम्यान र एक्सेस स्कुटर साट्न सकिने

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले सुजकी स्कुटर एक्सचेन्ज मेला शुरु गरेको छ ।

कार्तिक १२ (शुक्रबार) देखि देशभरका सुजुकीका आधिकारिक शोरुमहरुमा शुरु भएको उक्त मेला आगामी कार्तिक १७ गतेसम्म चल्ने छ ।

सो योजना अन्तर्गत कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी सुजुकीको नयाँ बर्गम्यान र एक्सेस स्कुटर खरिद गर्न सकिनेछ । कुनै पनि मोटरसाइकल वा स्कुटरलाई एक्सचेन्ज गर्दा बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरिनुका साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय यूवा पुस्तामा अति लोकप्रिय भएको सुजुकीका बर्गम्यान र एक्सेस स्कुटर बीएस६ एफआई मोडलमा आएका छन् । राम्रो माइलेज तथा आकर्षक डिजाइनमा आएका स्कुटरहरु ग्राहकको रोजाइमा परेका कम्पनीको भनाइ छ ।

५ वर्षको वारेन्टी रहेको यी स्कुटरहरुको खरिदमा फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स