जावाको मोटरसाइकल यात्रा

काठमाडौं । जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँग मिलेर शनिबार नेपालमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ ।

क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालकहरू, पत्रकारहरू र प्रभावशालीहरूसँगै यात्रा गरेका थिए ।

जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जवा पेराक मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ ।

‘हामी नेपालमा उपस्थित भएको एक वर्षभन्दा बढी भएको छ र यहाँ मोटरसाइक्लिङ गर्ने समुदायबाट प्राप्त स्नेह साँच्चिकै उत्साहजनक रहेको छ’, क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले भने, ‘नेपालमा सवारी यात्रा गर्न पाउँदा रोमाञ्चित भयौं । नेपाल रमणीय सुन्दर देश हो । आज देशभरका जावा प्रेमी साथीहरूसँग सवारी गर्नु एउटा गजबको अनुभव थियो । सडक र रमणीय स्थानहरूले निश्चित रूपमा जावा मोडेलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ ।’

‘हाम्रा स्थानीय वितरण साझेदार अग्नि मोटोइंकले स्थानीय रूपमा जावा ब्रान्डको प्रतिनिधित्व गर्छ र उनीहरूले देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई अतुलनीय सवारी र स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई समर्थन गर्छ । हाम्रो हृदयमा नेपालका लागि विशेष स्थान छ । हामी यस सुन्दर देशमा हाम्रो समुदाय (कोम्युनिटी) वृद्धिका लागि तत्पर छौं,’ उनले थपे ।

यस ब्राण्डले नेपालका प्रमुख सहरहरू जस्तै काठमाडौं, पोखरा, बिर्तामोड, बिराटनगर, इटहरी, धरान, लहान, वीरगन्ज, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बाग्लुङ्गमा सफलतापूर्वक डिलरसिप स्थापना गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स