०.९९ प्रतिशत ब्याजदरमा प्रोटोनको गाडी

काठमाडौं । प्रोटोनको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाल मै पहिलो र उत्कृष्ट ‘बिशेष ०.९९%’ योजना ग्राहक समक्ष प्रस्तुत गरेको छ। बिशेष ०.९९५ % ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरिएको छ। यस योजना यहि २४ असोज गतेबाट शुरु भएर चाडपर्वको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहनेछ।

नेपालमा बैंकको ब्याजदरमा उताडचडाव भैरहेको अवस्थामा पनि यस योजना अन्तर्गत ग्राहकले प्रोटोन साँगा र एक्स–७० मात्र ०.९९ प्रतिशत ब्याजदरमा फ़ाइनेन्सिङ्ग गरेर खरिद गर्न सकिनेछ। उचित कागजपत्र बुझाको ४८ घण्टामै ग्राहकहरुले आफुले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्नेछन्।

यस प्रोटोन बिशेष योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९, ५.९९, ८.९९ र ११ प्रतिशत ब्याजदरमा पनि फ़ाइनेन्सिङ्गको योजनाहरु पाउन सक्नेछन् जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुबिधा पनि रहेको छ । यी योजनाहरु सिमित अवधिका लागि मात्र लागु हुनेछन् । किस्तावन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन–हाउस फ़ाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ।

बिशेष ०.९९ अफर समायोजन नगरी प्रोटोन साँगाको शुरुवाती मूल्य ३७ लाख ९९ हजार तोकिएको छ भने प्रोटोन एक्स–७०को शुरुवाती मुल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका शोरुममा लागु हुनेछ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स