लाइसेन्सका लागि नयाँ आवेदन खुल्यो, अनलाइनबाट आवेदन दिनु पर्ने

काठमाडौं । ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) को नयाँ आवेदन खुलेको छ । यातायात व्यवस्था विभागले सोमबार साँझदेखि लाइसेन्सको नयाँ आवेदन खुलाएको हो । कोभिड–१९ को प्रकोपका कारण विभागले २०७८ बैशाख १६ गतेदेखि नयाँ लाइसेन्सको आवेदन तथा परीक्षा स्थगित गरेको थियो ।

लाइसेन्सको परीक्षा भने २०७८ भदैदेखि सञ्चालनमा आए पनि नयाँ आवेदन भने खुलाइएको थिएन । पछिल्लो समय कोभिड–१९ को संक्रमण घट्दो क्रममा रहेको र नयाँ लाइसेन्स दिन चहानेको माग उच्च छ ।

बढ्दो लाइसेन्सको मागलाई सम्बोधन गर्न विभागले सोमबार साँझबाट नयाँ आवेदन खुलाएको हो । कोभिड–१९ का कारण आवेदन बन्द हुनु अघि लाइसेन्सका लागि दरखास्त दिएकाहरुको परीक्षा मिती फागुनसम्म बाँकी रहेको छ ।

नयाँ आवेदन दिनेहरुले चैतमा लाइसेन्स कार्यालय भिजिट मिती पाउने छ । यो पटक पनि अघिल्लो पटकको जस्तै अनलिमिटेड आवेदन खुल्ला गरिए छ ।

लाइसेन्स कार्यालयहरुसँग निश्चित कोटा छ । कोटा अनुसार आवेदनकर्ताको भिजिट मिती पछि सर्दै जान्छ । यो पटक लाइसेन्सका लागि आवेदन दिनेले ट्रायाल परीक्षामा ७० अंक ल्याउन सके उर्तिण हुनेछन् ।

प्रतिक्रिया

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स