काठमाडौं । वैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम झम्सिखेलमा आजबाट उद्घाटन भएको छ । एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले ललितपुरको झम्सिखेलमा दोस्रो शोरूम सञ्चालनमा ल्याएको हो ।
बिक्रीपछिको सेवालाई केन्द्रमा राख्दै आफ्जने व्यवसायलाई अघि बढाएको एथरले काठमाडौंको तिनकुने पहिलो सर्भिस सेन्टर स्थापना गरेको हो । उक्त सर्भिस सेन्टर गत साताबाट सञ्चालनमा ल्याएको हो ।
झम्सिखेलको शोरूम लगत्तै फाल्गुन भित्र पोखरामा पनि एथर इलेक्ट्रिक स्कुटरको शोरूम (एक्सपेरियन्स सेन्टर) सञ्चालनमा आउनेछ भने ४ महिना भित्र चितवन, बुटवल र इटहरीमा पनि शोरुमहरू खालिने छ ।
चाँडै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको छ भने काठमाडौं बाहिर (पोखरा, चितवन, बुटवल र इटहरी) शोरूम संचालनसँगै उक्त स्थानहरुमा ४ वटा फास्ट चार्जर राखिनेछ ।
एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहेको छ । एथर ‘४५० एक्स’ अविश्वसनीय फिचरको कारण चर्चामा रहेको इलेक्टिीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।
भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको छ । शोरुम उद्घाटन समारोहमै एथर चालकले यसको प्रदान गरेको सेवाको वारेमा प्रशंसा गरेका थिए ।