एथरको पहिलो कम्यूनिटी राइड सम्पन्न

काठमाडौं । एथर इलेट्रक स्कुटरको पहिलो कम्यूनिटी राइड सम्पन्न गरेको छ । एथर स्कुटर नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले काठमाडौंको तीनकुनेमा गत शनिबार पहिलो सर्भिस सेन्टर संचालनमा ल्याउनुको साथै शनिबार राइड सम्पन्न गरेको हो ।

उक्त राइडमा एथरका ग्राहकसहित कम्पनीका प्रतिनिधि तथा प्रत्रकारहरू गरी २० जनाभन्दा धेरैको सहभागीता थियो । काठमाडौंको तीनकुनेस्थित एथरको सर्भिस सेन्टरबाट सुरू भएको राइड भक्तपुर दरबार स्क्वायर हुँदै धुलिखेल पुगेर विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको थियो ।

हरेक खेलका बिजेताहरूलाई पुरस्कार वितरण गर्दै कम्पनीका निर्देशक सूर्यांश वैद्यले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले यस्तो खालको राइडले ग्राहकका समस्याहरू कम्पनीसम्म आइपुग्नुका साथै ग्राहक र कम्पनी बीचको सम्बन्ध सुमधुर हुने बताए ।

‘हामीले स्कुटर बेच्ने मात्र नभएर बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरेका हौं, आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने छौं,’ उनले भने ।

कम्पनीले यही माघ ६ गते शनिबारबाट झम्सीखेलमा नयाँ शोरुम संचालनमा ल्याउने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स