टीभीएसको मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो

काठमाडौं । टीभीएसको नेपालका लागि आधिकाकिर वितरक जगदम्बा मोटर्सले मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार केही मोडलका मोटरसाइकल र स्कुटरको मूल्य बढेको छ। अपाचे सिरिजका २ सय र १६० सीसी तथा स्ट्राइकर मोटरसाइकल र एनटर्क रेस एडिसन आरटीएफआई तथा रेस एडिसन स्क्वाडको मूल्य बढेको छ ।

यसअघि ३ लाख ८४ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको अपाचे आरटीआर २०० फोरभी एबीएस एफआईमा ६ हजार रुपैयाँ वृद्धि गरिएको छ । यो बाइकको नयाँ मूल्य ३ लाख ९० हजार ९ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी २०० सीसी क्षमताकै आरटीआर २०० ४भी एबीएसमा ७ हजार रुपैयाँ बढाइएको छ । यसअघि ३ लाख ५५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको यो बाइकको नयाँ मूल्य ३ लाख ६२ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले अपाचे आरटीआर १६० को भने ३ वटा भेरिएन्टको मूल्य बढाएको छ । जसअन्तर्गत आरटीआर १६० ४भी आरडी रिफ्रेसमा ४ हजार, आरटीआर १६० ४भी एफडी रिफ्रेसमा ५ हजार र आरटीआर १६० २भी एफडीमा ६ हजार रुपैयाँ बढाइएको छ । यी बाइकको नयाँ मूल्य क्रमशः ३ लाख ८ हजार ९ सय, २ लाख ९२ हजार ९ सय र २ लाख ७५ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी यसअघि २ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको स्ट्राइकर १२५ मा ४ हजार मूल्य बढाएर २ लाख १२ हजार ९ सय रुपैयाँ पुर्याइएको छ ।

स्कुटरतर्फ एनटर्क रेस एडिसन आरटीएफआईमा ८ हजार र रेस एडिसन स्क्वाडमा ३ हजार रुपैयाँ वृद्धि गरिएको छ । यी स्कुटरको नयाँ मूल्य क्रमशः २ लाख ८५ हजार ९ सय र २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स