नेपालमा एथरको पहिलो पहिलो सर्भिस सेन्टर सञ्चालनमा, भाटभटेनी डिपार्टमेन्ट स्टोरमा चार्जिङ स्टेशन राख्ने

काठमाडौं । एथर इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर स्थापना भएको छ । एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले काठमाडौंको तीनकुनेमा पहिलो सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

कम्पनीले ग्राहकको सुविधालाई मध्ये नजर गर्दै स्पेयर पार्टस् तथा सर्भिस सुविधासहितको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त सर्भिस सेन्टरमा फास्ट चार्जिङ, कस्टमर लाउन्ज, वासिङ एरिया जस्ता सुविधा रहेको वैद्यज् इनर्जीका प्रबन्ध निर्देशक सूर्यांश वैद्यले जानकारी दिए ।

बिक्रीपछिको सेवालाई केन्द्रमा राख्दै एथरको सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको उनले बताए । ‘स्कुटर बेच्नुभन्दा पनि ग्राहकलाई बिक्रीपछिको सेवा दिनु प्रमुख कुरा हो,’ प्रबन्ध निर्देशक वैद्यले भने, ‘हाम्रा ग्राहकलाई पार्टस् तथा सर्भिसका लागि कुनै समस्या नहोस् भनेर सर्भिस सेन्टर संचालनमा ल्याएका हौं ।’

वैद्यले आफूहरूले स्कुटर बिक्री गर्ने मात्र नभइ चार्जिङ नेटवर्क तथा स्पेयर पार्टस् तथा सर्भिस सेन्टरको निर्माणमा लगानी गरिरहेको बताए ।

चाडै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको उनले बताए । त्यस्तै, भाटभटेनी डिपार्टमेन्ट स्टोरको सबै शाखाहरूमा चार्जर राख्ने कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

अबको केही दिनमा नै झम्सीखेलमा आफ्नो दोस्रो शोरुम ९एक्सपेरियन्स सेन्टर० संचालन गर्ने तयारीमा अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । निकट भविष्यमा काठमाडौं बाहिरका मुख्य सहरहरूमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।

भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स