नेपाल भित्रिने तरखरमा रहेको युनि-टी सुरक्षित कार

एजेन्सी । नेपाल भित्रिने तरखरमा रहेको युनि-टी सुरक्षित कारमा बन्न सफल भएको छ ।
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनको युनि-टीले सीएनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ ।

नेपालमा एमएडब्लु वृद्धि अटोकर्पले यो ब्रान्ड भित्र्याउने तयारी गरिरहेको छ ।

यसै सन्दर्भमा चांगन नेपालको फेसबुक पेजमा नेपाली बजारमा भित्रिने नयाँ गाडीको टिजर भिडियो समेत सार्वजनिक गरिएको छ । नोभेम्बर महिनामै नेपाल भित्रिने बताइएको सो गाडीको वारेमा अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।

युनि–टीले सीएनसएपी (चाइना अटोमोटिभ टेक्नोलोजी र रिसर्च सेन्टर) को मूल्यांकनमा ५ स्टार सुरक्षा मापदण्ड प्राप्त गरेको छ ।

बेस्ट इन क्लास डिजाइन र टेक्नोलोजीका कारण यो गाडी बेस्ट इन सेफ्टी समेत बन्न सफल भएको कम्पनीको भनाइ छ ।

चांगन युनि–टीलाई ‘द प्रोड्युसर अफ फ्युचर’ समेत भनिन्छ । डिजाइन र टेक्नोलोजीका लागि पहिले देखि नै लोकप्रिय मानिएको चांगन अब सेफ्टीका लागि समेत चिनिने भएको छ ।

चीनको घरेलु बजारमा नम्बर एक ब्रान्ड भएको दावी गर्दै आइरहेको छ । चांगन अटो उच्चस्तरीय डिजाइन र प्रविधिको सन्दर्भमा निकै प्रतिष्ठित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स