ब्राजिलमा बीवाईडी बन्यो २०२३ को सबैभन्दा धेरै पुरस्कृत बिद्युतीय कार

काठमाडौं । बीवाईडी ब्राजिलको सबैभन्दा बढी पुरस्कृत बिद्युतीय गाडी हो। ब्राजिलमा लन्च भएको ६ महिनामानै बीवाईडी ले १० महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको छ। बीवाईडी डल्फीन वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको छ।

बीवाईडीले २०२३ मा ब्राजिलमा मात्रै ५ हजार भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीहरुमा बिद्युतीय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ।

सम्पूर्ण बिद्ध्युतिय कारहरुको दाँजोमा, बीवाईडी डल्फीन अग्रभागमा रहेको देखिन्छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मुल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भाव छ भन्ने कुरा बीवाईडी डल्फीनले पुष्ठि गरेको छ।

बीवाईडी का अध्यक्ष टलीएर ली भन्छन, ‘बीवाईडी डल्फीन ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम चेन्जर हो। इतिहासमा पहिलोपटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण , र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्प्रधी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । बिद्ध्युतिय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनुनै हाम्रो लक्ष्य हो ।’

नोभेम्बर देखि डिसेम्बर सम्म मात्रै बीवाईडी डल्फीनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ। बीवाईडी डल्फीनले सेप्टेम्बर देखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ। यसले ब्राजिलका जनताको बिद्ध्युतिकरण प्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स