ड्राइभिङ लाइसेन्सको आवेदन यही साता खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले यही साता ड्राइभिङ लाइसेन्स (सवारीचालक अनुमति पत्र) को नयाँ आवेदन खुलाउने भएको छ ।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले १, २ दिन भित्र ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

‘नयाँ आवेदन खुलाउन विभागले लाइसेन्स कार्यालयहरुसँग सम्पर्क गरेको छ । सबै लाइसेन्स कार्यालयहरु नयाँ आवेदन खुलाउन तयार छन्,’ डा. भुसालले हाम्रोअर्थसँग भने, ‘१, २ दिन भित्रमा नयाँ लाइसेन्सको लागि आवेदन दिन पाइन्छ ।’

कोभिड–१९ को प्रकोपका कारण विभागले २०७८ बैशाख १६ गतेदेखि नयाँ लाइसेन्सको आवेदन तथा परीक्षा स्थगित गरेको थियो । लाइसेन्सको परीक्षा भने २०७८ भदैदेखि सञ्चालनमा आए पनि नयाँ आवेदन भने खुलाइएको थिएन । पछिल्लो समय कोभिड–१९ को संक्रमण घट्दो क्रममा रहेको र नयाँ लाइसेन्स दिन चहानेको माग उच्च छ । त्यसैले विभागले तिहार अघि नै नयाँ लाइसेन्सको आवेदन खुलाउन लागेको हो ।

प्रतिक्रिया

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स