महिन्द्रा एक्सयूभी ५०० लाई विस्थापित गर्दै नयाँ फिचरको गाडी आँउदै

काठमाडौं । महिन्द्रा एक्सयूभी ७०० बजारमा छिट्टै आउने भएको छ । यसको चर्चा केही समय यता अटो बजारमा राम्रै गतिले बढ्दै गएको छ । महिन्द्रा एक्सयूभी ७०० आगामी अगस्त १५ मा ग्लोबल डेब्यु गर्ने तयारी गरेको छ । उक्त गाडी अक्टोबरमा लन्च हुने सम्भावना छ । महिन्द्रा एक्सयूभी ७०० आएपछि हाल बजारमा उपलब्ध एक्सयूभी ५०० लाई प्रतिस्थापन गर्नेछ ।

यसमा अटो बुस्टर हेडल्याम्प, स्मार्ट पपअप ह्यान्डल, ड्राइभर एटेन्सन मोनिटर र वाइड–इन सेगमेन्ट रुफ जस्ता फिचर रहने छ । त्यसैगरी यसमा स्मार्ट फिल्टर टेक्नोलोजी पनि रहने कम्पनीले जनाएको छ ।

डिजेल इन्जिन भेरिएन्टमा २.२ लिटर डिजेल इन्जिन राखिएको छ । यी इन्जिनले क्रमशः १९० एचपी र १५० एचपी सम्मको अधिकतम पावर दिन्छन् । यी इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध हुनेछन् ।
हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा यो निकै नै शक्तिशाली हुनेछ । सो नयाँ एसयूभी पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध हुनेछ । पेट्रोल इन्जिन भेरिएन्टमा २.० लिटर एमस्टालियोन टर्बो इन्जिन प्रयोग गरिएको छ ।

उक्त गाडीको सार्वजनिक भएको तस्विर अनुसार यसको प्रोफाइल ठूलो र भव्य हुन देखिएको छ । यसको क्याबिनमा स्पेस बढाउने प्रयास गरिएको छ । गाडीमा समावेश गरिएको यो फिचरका कारण एक्सयूभी ७०० थप आरामदायी समेत बनेको छ । महिन्द्रा एक्सयूभी ७०० ले हुन्डाई अल्काजार र टाटा सफारी जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा अटो बुस्टर हेडल्याम्प, स्मार्ट पपअप ह्यान्डल, ड्राइभर एटेन्सन मोनिटर र वाइड–इन सेगमेन्ट रुफ जस्ता फिचर हुने पुष्टि भएको छ । त्यसैगरी यसमा स्मार्ट फिल्टर टेक्नोलोजी पनि हुनेछ । हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा यो निकै नै शक्तिशाली हुनेछ । सो नयाँ एसयूभी पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।

पेट्रोल इन्जिन भेरिएन्टमा २.० लिटर एमस्टालियोन टर्बो इन्जिन प्रयोग गरिएको छ । त्यसैगरी डिजेल इन्जिन भेरिएन्टमा २.२ लिटर डिजेल इन्जिन दिइएको छ । यी इन्जिनले क्रमशः १९० एचपी र १५० एचपी सम्मको अधिकतम पावर दिन्छन् । यी इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध हुनेछन् ।

बजारमा उपलब्ध भए पश्चात यसले हुन्डाई अल्काजार र टाटा सफारी जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स