२० प्रतिशत डाउनपेमेन्टमै नेटा भी खरिद गर्न सकिने

काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्स प्रालिले २० प्रतिशत डाउनपेमेन्टमै खरिद गर्न सकिने भएको छ । सिजी मोटर्सले ८० प्रतिशतसम्म सवारी साधन कर्जामा सो गाडी खरिद गर्न सक्ने व्यवस्था मिलाएको हो ।

गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त गाडीको लागि प्रभु बैंक, कामना सेवा बैंक, एमएमबि बैंक र नबिल बैंकबाट सहजै कर्जा उपलब्ध गर्न सकिने व्यवस्था सिजी मोर्टसले मिलाएको छ । उक्त सुविधा देशभरका सबै शोरुममाबाट ग्राहकहरुले लिन सक्नेछन् ।

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रन्जे दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।

यसका साथै हाल नेटा भी मा डिक्की फुल अफर भनि ग्राहक लक्षित योजना पनि चलिरहेको छ जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स