बीवाईडीको ब्लेड ब्याट्री सुरक्षित, नेल पेनीट्रेसन टेष्ट सफल

काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले ब्लेड ब्याट्री र एनसीएम ब्याट्री दुबैको ‘नेल पेनीट्रेसन टेष्ट’ गरेको छ । आज काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा भएको परिक्षणमा रियोले दुबै ब्याट्रीलाई प्वाल पारेको डेमोष्ट्रेशन गरिएको थियो ।

यसरी ब्याट्री प्वालपार्दा ब्लेड ब्याट्रीले कुनै किसिमको आवाज आउने, धुँवा निस्कने वा आगोलागी हुने कुनै घटना भएन । एनसीएम ब्याट्री भने पड्केर ठूलो आवाजसहित आगलागी भएको थियो ।

‘नेल पेनी ट्रेसन टेष्ट’ ब्याट्रीको तापक्रम बढाएर गरिने सबैभन्दा कठिन परिक्षण हो । ब्याट्रीलाई मेसिनले थिचेर र सियो जस्तो किलाले प्वाल पारेर यसको परिक्षण गरिएको थियो । यसरी प्वाल पर्दा बीवाइडीको ब्लेड व्याट्री ६० डिग्रीसम्म तातेको थियो । त्यहि एनसीएम ब्याट्री ५०० डिग्री तातेर आगलागी भएको थियो ।

कम्पनीले बिक्री गर्ने सबै गाडीमा ब्लेड ब्याट्री प्रयोग भएको साइमेक्स इंकको सीईओ सहिल श्रेष्ठ बताए । ‘सुरक्षामा अब्बल ब्लेड ब्याट्री रहेका सबै गाडी हामीले उपलब्ध गराएका छौं,’ उनले भने प्रोडक्ट रेन्जसँग बीवाईडीको ब्लेड ब्याट्रीको सुरक्षामा एकिन गराउन यो परिक्षण गरेका हौं ।’

बीवाइडी हेडक्वाटरको सहयोग र बीवाईडी भारत टेक्निकल सपोर्टमा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स