काठमाडौं । भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना गरिएको ‘नाडा अटो शो’ २०२३ मा टाटा टियागो ईभीमात्रै ५ पटा बुकिङ भएको छ । नेपालका लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाल भित्र्याएको टाटाको टियागो ईभीमा ग्राहकहरूको रोजाइमा परेको हो । अटो शोमा टाटाको टियागोसहित टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
सुरुवाती मूल्य २१.९९ लाखमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो ईभीको अटो शोको ६ दिनमा ५०० सय बढी बुकिङ भएको कम्पनीले जानकारी दिएको छ । नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय छ ।