ईभीमा सर्वाधिक रेन्ज दिने स्काइवेल ब्राण्डको यस्तो छ विशेषता र मूल्य

काठमाडौं। विश्वका ४८ देशमा बिक्री हुँदै आएको स्काइवेल ब्रान्ड जी मोटर्स प्रालिले नेपाल भित्र्याएको छ । गत भदौ २१ गतेमात्रै गाडी भित्र्याउने घोषणा गरेको कम्पनीको गाडी बुकिङ गर्नेको संख्या उल्लेख्य रहेको छ । नाडा अटो शोमा ३ सय वटा गाडी बुकिङ गर्ने लक्ष्यका कम्पनीले नाडामा भाग लिएको हो । उक्त स्काइवेलको मूल्य १ करोड ९ लाख रुपैयाँ पर्ने कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।

कम्पनीले पहिलो चरणमा उच्च प्रविधियुक्त र नेपालमा उपलब्धमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयुभी ईटी–५ भित्र्याएको हो। स्काइवेल इटी–५ ले एकपटकको फुलचार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

इभी गाडी भित्रिने क्रम जारी रहँदा सर्वाधिक रेन्ज दिने विद्युतीय एसयूभीको नयाँ ब्रान्ड स्काइवेल नेपाली बजारमा सार्वजनिक भएको हो । नेपालका लागी स्काइवेल ब्रान्डको आधिकारीक वितरक जी मोटर्सले ल्याएको यो गाडी नेपालमै सबैभन्दा बढी माइलेज दिने ईभी बनेको छ । स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्काइवेल इटी–५ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको कम्पनीको भनाइ छ ।

स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ४८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

यी विशेषताले यो विद्युतीय एसयुभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यसको म्याक्सिमम स्पिड १ सय ६० प्रतिघन्टाभन्दा बढी छ । यसमा प्यानारोमिक सनरुफ पनि छ ।

२०७४ मा स्थापना भएको जी मोटर्सले यसअघि नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको थियो। जी मोटर्सले काठमाडौं र इटहरीमा आठभन्दा बढी शोरुमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स