म्याक्सस मोटर्सको नाडा अटो शोमा १८ फिट लामो एडुभेन्चर गाडी १० हजारमा बुकिङ गर्न सकिने

काठमाडौं । म्याक्सस मोटर्सले ‘नाडा अटो–२०२३ मा १८ फिट लामो एड्भेन्चर गाडी सार्वजनिक गरेको छ । म्याक्ससले मिफा ९ र टी ६० अटो शोमा राखेको थियो । नाडा अटो शोमा राखिएको मिफा ९ ईभी हो भने टी६० डिजेलबाट चल्ने सवारी हो । देख्दै आकर्षक मोडेलको शो गाडीहरू एडभेन्चर ट्रिपको लागि अति योग्य मानिएको छ ।

म्याक्ससको मिफा ९ मा बिजनेश क्लासका ५ वटा सिट रहेका छन् । गाडी बसेर तातो चिसोमो मज्जा लिन सकिने यो सिटमा बसी बसी गोडाहरूको मसाज पनि गर्न सकिन्छ । १ करोड ४० लाख रुपैयाँ पर्ने शो मिफा ९ ले ५२०को रेन्च दिन्छ भने ७७ लमअ ९९ हजार पर्ने टी ६० ले १० किलोमिटरको रेन्च दिने म्याक्सस मोटर्सकी सेल्स असिष्टेन्ट मानवी सुवेदीले जानकारी दिइन । अटो शोमा शो गाडीहरू १० हजार रुपैयाँमै बुकिङ गर्न सकिने उनले बताइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स