नाडा अटो शोमा रोयल इन्फिल्डको नेपालमै एसेम्बल गरिएको नयाँ मोटरसाइकल लन्च

काठमाडौं । नाडा अटो शो–२०२३ मा रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स प्रालिले नयाँ मोटरसाइकल हन्टर लन्च गरेको छ । कम्पनीले मंगलबार नाडा अटो शोमा आफ्नो सवैभन्दा सस्तो मोटरसाइकल हन्टरलाई लन्च गरेका हो । साथै कम्पनीले सोही दिन नै टेकुमा नयाँ शोरुमको उद्घाटन पनि गरेको छ । उपत्यकामा कम्पनीको यो तेस्रो शोरुम हो ।

यस्तो छ सस्तो हन्टरको विशेषता

नेपालमै एसेम्बल गरिएको हन्टरलाई कम्पनीले रेट्रो र मेट्रो गरी दुईवटा भेरिएन्टमा लन्च गरेको हो । यो मोटर साइकल कम्पनीले ल्याएका यस अघिका मोटर साइकलमध्ये सस्ता छन् । जसको मूल्य क्रमशः ४ लाख ५९ हजा र ४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । जुन रोयल इन्फिल्डको प्रोडक्ट पोर्टफोलियोमा सबैभन्दा सस्तो हो

रोयल इन्फिल्डको जे–प्लेटफर्ममा निर्माण गरिएको यो नयाँ बाइकमा ३४९ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन छ । यो इन्जिनले २०.२ एचपी पावरका साथ २७ एनएमको टर्क जनेरेट गर्दछ ।

रोयल इन्फिल्डको लोकप्रिय यो मोडल क्लासिक ३५० भन्दा १७ किलो कम वजन छ । ह्विलवेश पनि २० एमएम सानो भएको यो मोटरसाइकलमा सिटको उचाइ ८०० एमएम, ह्यान्डल बार, ट्युबलेस टायर र डुअल च्यानल एबीएस सहित दुबै चक्कामा डिस्क ब्रेक जस्ता फिचर रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स