नाडा अटो शो सोचेभन्दा राम्रो, इलेक्ट्रिक गाडी बिक्रेता उत्साहित हुँदा पेट्रोल भेइकलका बिक्रेता निराश, कर नीति परिवर्तन नभए व्यवसाय गर्न नसक्ने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ‘नाडा अटो शो–२०२३’ को आज अन्तिम दिन हो । आज आइतबारसम्म चल्ने ‘अटो शो’ मा हिजो शनिबार खचाखच भिडभाड थियो । ‘अटो शो’ मा नयाँ इलेक्ट्रिक भेइकलमा आम ग्राहकको भिडलाग्ने देखिएको छ । नाडा अटो शो १५ औं संस्करणमा आइपुग्दा ईमीमय बनेको छ । पेट्रोल तथा डिजेलका अटो बिक्रेतामा भने अटो शोमा त्यति उत्साहित देखिदैनन् । उनीहरू सरकारले कर नीतिमा सुधार नगरेसम्म हाम्रो व्यवसाय धरासायी बनिनै रहन्छ भनी गुनासो गरिरहेका छन् ।

बुद्धनगरबाट इलेक्ट्रिक गाडीको नयाँ ब्राण्ड छान्दै र हेर्दै हिडेका रमेश राजवहाक ४० देखि ५० लाखको गाडी किन्ने सोचमा त्यहा पुगेका हुन् । उनी हिजै गाडी बुकिङ गर्न आफ्नो परिवारसहित त्यहाँ आएका हुन् । ४ वर्षपछि भएको अटो शोमा देखिएको आकर्षणलाई र बुकिङ गरिएको लिष्टलाई हेर्दा यसले अवश्यपनि शिथिल अर्थतन्त्रको इन्जिनलाई चलायमान बनाउन मद्दत गर्ने नेपाल अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष धु्रव थापाले बताए ।

‘अर्थतन्त्रको इन्जिनको रुपमा रहेका अटो व्यवसायमा यो शोले ऊर्जा थपेको छ,’ उनले भने ‘अहिले बैंकहरू कर्जा दिन उत्साहित भएका छन् ।’ ८ वटा बैंकले त स्टल नै राखेर आफ्नो व्यवसायका प्रवद्र्धन गरिरहेको उनले बताए ।

‘कोरोनाका कारण ३ वर्षसम्म हुन नसकेको अटो शोले शिथिल अर्थतन्त्रमा प्राण भर्छ भन्ने अपेक्षा हाम्रो हो,’ उनले थपे ‘साच्चै यो शोले अटो व्यवसायको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।’

६ दिने शोमा १२० वटा स्टलमा ४५ वटा सवारी साधनका ब्राण्डहरु सहभागी छन् । त्यसबाहेक, मोटरपार्टससहित बैंक तथा बीमा कम्पनीहरुले पनि ऋण र बीमाका बिभिन्न अफरहरुसहितका स्टल राखेका छन् । अटो शोमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधनसहित लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागीता छ ।

अटो शोमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा तथा ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ ।

सडक र सवारी सुरक्षाबारे जानकारी दिनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौंले छुट्टै सूचना–कक्ष राखेको छ । अटो शोलाई थप व्यवस्थित र सहज आवागमनका लागि नाडाले काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सेवा दिएको छ । ६ दिने शोमा ७५ हजार अटो प्रेमीले उपस्थिति रहने २० अर्बको कारोबार गर्ने शुभेच्छाका साथ यो शो सुरु भएको हो ।

वाणिज्य बैंक तथा विकास बैंकको बाक्लो उपस्थिति रहेको अटो शोमा गाडी बुकिङ गर्नेलाई छुटका लागि फाइनान्सिङको व्यवस्था गर्दै धमाधम गाडीमा फाइनान्सिङ गराइराखेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स