काठमाडौं । आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो जहाँ सहभागीहरूले आइसर ३०१५ जे एचएसडी मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापुर्वक जानकारी लिएका थिए ।
भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएका थिए । यी विवरणहरूले ग्राहकहरूलाई गाडीको क्षमताबारे राम्ररी जानकारी गराएको थियो ।
‘नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौं । सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जे एचएसडी बाट तुलात्मक रूपमा ५–८५ अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको जानकारी दिए । साथसाथै २७५ उकालोमा सजिलै आइसर ३०१५ जे एचएसडी मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्ने बताउदै हाम्रा ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध छौं ।’ बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर ठाकुर कुमार गाहले बताए ।