बिवाईडी शीर्ष १० अटोमोबाइल ब्रान्ड, २०२३ को पहिलो ६ महिनामा १२.५ लाख एनइभीएस बिक्री

काठमाडौं । न्यू इनर्जी भेहिकल (एनइभी) निर्माता बिवाईडी, मर्सिडीज–बेन्ज समूह र बीएमडब्लुलाई पछि पार्दै पहिलो पटक बिक्रीको आधारमा विश्वका १० ठूला कार कम्पनीहरूमा सामेल भएको छ ।

बिवाईडीले विश्वव्यापी नयाँ गाडीको बिक्रीमा २०२३ को पहिलो ६ महिनामा ९६ प्रतिशतले वृद्धि भई १२.५ लाख एनइभीमा पुग्दै १०औं स्थान पाएको हो । बिवाईडीले अगस्टमा रेकर्ड राख्दै २ लाख ७४ हजार ३८६ सवारी साधनहरू बेचेको छ र लगातार चौथो महिनाको लागि आफ्नो मासिक डेलिभरी रेकर्ड तोडेको छ।

बिवाईडीले आफ्नो पहिलो अर्धवार्षिक रिपोर्ट जारी गरेको छ । जसमा २६०.१२ बिलियन युआन (३५.६६ बिलियन डलर) राजस्व देखिएको छ, जुन ७२.७२ प्रतिशतले बढेको हो । अटो मेकिंग र सम्बन्धित व्यवसायहरूबाट राजस्व २०८.८२ बिलियन युआन पुगेको छ जुन वार्षिक रूपमा ९१.१ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले बिवाईडीको प्रगतिको श्रेय कम्पनीको उत्पादन नवाचार र औद्योगिक श्रृृंखलामा ठूलो लगानीलाई दिएको छ। कम्पनीले अनुसन्धान र विकासमा १४.२५ बिलियन युआन लगानी गरेको छ, जुन वार्षिक रूपमा १२०.२ प्रतशितले वृद्धि भएको र यस अवधिको लागि आफ्नो नाफालाई पनि उछिनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स