नाडा अटो शो २०२३ मा लन्च हुने भयो मर्सिडिज बेन्जको डिजाइनमा बनेको फोर्सको ‘अरबानिया’ माइक्रोबस, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेटल प्रालिले ८२ लाख ९९ हजार रुपैयाँ पर्ने माइक्रोबस ‘अरबानिया’ नेपाली बजारमा भित्र्याउने भएको छ । आयाम इन्टरकन्टिनेटलले यहि भदौ २६ गतेदेखि हुने नाडा अटो शो २०२३ मा उक्र माइक्रोबसको लन्च गर्ने तयारी गरेको हो ।

अरबानिया माइक्रोबसमा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको छ भने सो गाडीमा मर्सिडिज बेन्ज कम्पनीको इन्जिन, गियरबक्स तथा एक्सल जडान गरिएको छ । त्यहि हुनाले अरबानिया सुरक्षाका सम्पूर्ण दृष्टिकोणले अब्बल मानिएको छ । यो माइक्रोबसमा ठूलो सिंगल विन्डो रहेकोले यात्रा गर्दा आकर्षक दृश्यको अवलोकन सहजै गर्न सकिन्छ ।

ड्युअल एयर ब्यागयुक्त सो गाडीमा एरोडाइनामिक क््रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्किन बडी कन्सट्रक्सन, स्टाइलिस डीआरएल हेडल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए÷सी सिस्टम, अलराउण्ड भिजिबिलिटी स्क्रिन, टेलिस्कोपिक स्टेयरिङ, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागि चार्जिङ पोर्टको व्यवस्था छ ।

सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागि फ्रन्ट बम्पर डिजाइन, कुनै दुर्घटना भैहालेमा पनि हेड इन्जुरी कम होस् भन्नका लागि त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरिएको छ ।

सेन्ट्रल डोर लकिङ विथ रिमोट किलेस इन्ट्री, हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलो मी होम फिचर, कोल्याप्सिबल स्टेयरिङ कोलम आदि जस्ता अत्याधुनिक विशेषताहरु यस बसमा रहेको छ । साथै लेटेस्ट जेनेरेशनको एबीएस तथा ईएसपी जस्ता अन्य आधुनिक सुरक्षा प्रणाली समेत जडान भएको छ ।

स्लाइडिङ डोर सहितको तीन ढोकायुक्त यो बसमा १४ र १८ सिट क्षमताका दुई सिरिज रहेका छन् । माइक्रोबसमा आरामदायी रिक्लाइनिङ सिटहहरू रहेको छ । विशेष गरेर पर्यटन तथा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्स, ठूला कर्पोरट हाउस तथा कम्पनीहरू ,कुटनीतिक निकायहरू, सरकारी तथा गैर सरकारी संस्थाहरूका लागि यो माइक्रोबस उपयुक्त हुने देखिन्छ ।

नेपालमा आयातित माइक्रोबसहरु मध्ये सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको दावी गरिएको सो माइक्रोबस कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । आकर्षक र सुविधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछि पुन यात्राका लागि रोजाइमा पर्ने कम्पनीको भनाइ रहेको छ ।

भारतमा अत्यधिक माग रहेको उक्त माइक्रोबस अनावरण तथा बुकिङ खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरिने कम्पनीले जनाएको छ । यस बसको सुरुवाती मूल्य ८२ लाख ९९ हजार रुपैया रहेपनि यो मूल्य केही समयको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । नेपालमा फोर्स मोटर्सको २२ वटा प्रमूख सहरहरूमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स