टोयोटा विजय उत्सव भाद्र २१ बाट सुरु

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा।लि ले भाद्र २१ देखि भाद्र ३० गते सम्मका लागि आनन्दनगर स्थित आफुनो टोयोटा शोरुममा ‘टोयोटा विजय उत्सव’ आयोजना गरेको छ ।

वडा दशैं २०८० लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स८, विभिन्न उपहारहरु समेत पाउने छन् ।

यस टोयोटा विजय उत्सवमा हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ूलकी ड्ू मार्फत उपहारहरु जित्न सक्ने छन्। दशैं नजीकिदै गरेको क्षणमा यटिएस सित पर्याप्त स्टक रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि कम्पनीले अनुरोध गरेको छ ।

साथै, यस विजय उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति नबिल बैंक र एभरेस्ट बैंक लिमिटेडसँग बैंकिंङ फाईनान्सको पनि ब्यबस्था गरिएको छ ।

यस वर्ष ग्राहकले टोयोटाको उपस्थिति नाडामा देख्न छैन। टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फोर अल लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स