बीवाईडीको नयाँ शोरुम भक्तपुर र जनकपुरमा, ब्राण्ड एम्बाष्डर कलाकार आचार्यले भने, ‘यसको कार चढ्दा पाइलट बनेको अनुभव भयो’

काठमाडौं । नेपाली बजारमा बीवाईडीका इलेक्ट्रिक कार बिक्री गरिरहेको साइमेक्स इंकले भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ । साइमेक्सले आजै ऐतिहासिक नगरी भक्तपुर र जनपुरमा दुई वटा शोरुम खोलेको हो । जनकपुुर शोरुम भने आज सफ्ट ओपनिङ भएको हो ।

भक्तपुर शोरुमको आज बीआईडीका बाण्ड एम्वाडर वरिष्ठ कलाकार हरिवंश आचार्यले गरेका हुन् । कार्यक्रममा कलाकार आचार्यले बीवाईडी चढ्न थालेपछि आफू पाइलटै नपढी पाइलट बनेको जस्तो फिल भएको बताए । ‘बीवाईडी चढेपछि फूल जेन्टल म्यान बनिन्छ,’ उनले भनिन् ‘यो ब्राण्डका गाडीहरू साह्रै लक्जरिएस छन् ।’

‘भक्तपुरमा खोलिएको यो ईभीको शोरुमले लिच्छवी कालीन धरोहर जोगाउन सहयोग पुग्छ,’ उनले थपे ‘सिन्धुपाल्चोकसम्मको हव बन्नेछ ।’

कार्यक्रममा साइमेक्स इंकमा प्रमुख कार्यकारी अधिकृत सहिल श्रेष्ठले यो नवौं र जनकपुरको १० औं शोरुम आजै खोलिएको बताए । ‘विश्व बजारमा छुट्टै छिटो पहिचान बनाएको बीवाईडी इलेक्ट्रिक कारहरू नेपालीले पनि रुचाएको बताए । ‘यो प्रडक्ट नभइ वातावरण जोगाउने बलियो सोलुसन हो,’ उनले भने ‘यसले वातावरणलाई जोगाउन ठूलो मद्दत गर्छ ।’

कार्यक्रममा भक्तपुर शोरुमका प्रमुख अविनाश श्रेष्ठले इलेक्ट्रोनिक सवारी वातावरण र आर्थिक रुपमा उत्कृष्ट नै छन्, यसमा पनि बीवाईडी अझ उत्कृष्ट छ,’ उनले भने ।

उक्त शोरुम उद्घाटनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष कृष्ण ताम्राकारलाई बीवाईडीको नयाँ ईभी कारको साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरका साथै बीवाईडी चाइनीज डेलिकेट्सको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स