फर्चून-५०० मा बीवाइडीले हाँसिल गर्यो २१२ औं स्थान

काठमाडौं । हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सूची सार्वजनिक गर्दैआएको फर्चूनले सन् २०२३ को सूची बाहिर ल्याएको छ । सो सूचीको २१२ औं स्थानमा चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो स्थान सुरक्षित गरेको छ ।

सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोवील सामेल छन्। अघिल्लो वर्ष बीवाइडी सूचीको २२४ औं स्थानमा रहेको थियो । इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिती मजबुत बनाउँदै आएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अर्ब डलर पुगेको फर्चूनले उल्लेख गरेको छ ।

सो आम्दानीबाट कम्पनीले २.४७ अर्ब डलर मुनाफा आर्जन गरेको छ । बीवाइडीको मार्केट भ्यालू १०४.३२ अर्ब डलर रहेको उल्लेख गररएको छ । कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन्।

बीवाइडी चीनको सबैभन्दा ठूलो मध्ये एक अटोमोबाइल कम्पनी समेत हो । सो कम्पनीले बीवाइडी, हान र ट्याङ लगायत ब्रान्डमा सवारीसाधन उत्पादान गरी विश्व बजारमा बिक्री गर्दै आएको छ ।

बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ। सो ब्रान्डलाई नेपालका लागि आधिकारक वितरकका रुपमा साइमेक्स इंक प्रा.लिले कारोबार गर्दै आएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स