काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेञ्ज महा मेला’ अफरको ल्याएको छ । यो अफरं असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा लागू हुने छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्नेछन् । यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैयाँ थपगरी दिइने छ ।
यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ ।
एक भाग्यशाली विजेताले सामसङ एम सीरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनु हुनेछ ।
यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि शामिल हुनेछ । जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुत, २१ असोजको दिन गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रदर्शन रहनेछ ।
साथै, बजाजले ‘बजाज खुसी को ३ डोज’ नामक आफ्नो दशैं अभियान सफलता पूर्वक चलाइरहेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् । ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् ।
त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा १ लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।