जगदम्बा मोटर्सद्वारा ५० हजार सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना सम्पन्न

काठमाडौं । टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको थियो ।

यो राइड असोज १६ गते शनिबारको दिन नक्सालको टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान,कौशलटार र भक्तपुरको टीभीएसका शोरुमहरुका बिक्रेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो ।

भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठ सँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसंग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएका मध्य चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएनक्लबको गठन गर्नु थियोे ।

यसले सबै राइडरहरुलाई एकअर्कासंग जुड्नका लागी र आफ्नो एनटर्किएन अनुभव एकअर्कासँग बाडाँड् मद्दत गरेको छ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टीभीएसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । यो राइड सबै सुरक्षाप्रोटोकलहरुलाई अप्नाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘हामी हाम्रो टीभीएस परिवारमा ५० हजार सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं र सबै एनटर्कियन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौं। एनटर्कियनहरुले हामी माथि गरेको विश्वास र यति धेरै उत्साहितयुवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु ।

म आशा गर्दछु कि हामीले यो कार्यक्रम आयोजना गर्दा जति रमाइलो अनुभव गर्यौ एनटर्कियन राइडरहरुले पनि यस राइडमात्यति नै रमाइलो अनुभूति गरे । हामी हाम्राग्राहकहरुको लागि सबै भन्दाउच्च स्तरकोसेवाप्रदान गर्नमा दृढ विश्वास गर्दछौं । राइडरहरुले हामीेप्रति देखाएको उत्साहले हामीलाई स्वर्ण मापदण्डहरु सेट गर्न तथा तिनीहरुलाई सफलपार्न प्रेरित गरेको छ ।’

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा शुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ । अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्चप्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टीभीएससका ५प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटीएफआई पर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स