पूजा कन्स्ट्रक्सनले नयाँ ११ सिटर इलेक्ट्रिक माइक्रोबस र यसका विशेषता

काठमाडौं । विशाल ग्रुप अन्तर्गतको पूजा कन्स्ट्रक्सनले नयाँ ११ सिटर इलेक्ट्रिक माइक्रोबस ल्याउने भएको छ । एसआरएमको एक्स ३० एल मोडलको सो भ्यान हाल परीक्षण भइरहेको छ । यसले सिंगल चार्जमा ३०० किलोमिटरको रेन्ज दिने कम्पनीले बताएको छ ।
यसमा भएको सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्रीलाई फास्ट चार्जरको सहयोगले ४५ मिनेटमै फूल चार्ज गर्न सकिने छ । सामान्य अवस्थामा भने फूल चार्ज गर्न करिव १२ घण्टा जति लाग्ने छ ।
५ वर्ष वा २ लाख किलोमिटर गुड्दासम्म ब्याट्रीमा वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ । सो भ्यानको मूल्य ४४ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ । यसमा विभिन्न अत्याधुनिक फिचर समेत रहेका छन् । हाल विशेष गरी काठमाडौंबाट पूर्व क्षेत्रतिरका रुटहरुमा यस्ता माइक्रो भ्यान लोकप्रिय बनिरहेका छन् ।
एक्स ३० एल ईभी विश्व बजारमा अन्य ब्रान्डमा समेत देख्न सकिन्छ । ब्रिलेन्स अटोद्वारा उत्पादन गरिने सो भ्यान एसआरएम साइनरी एक्स ३० एल, डोङफेङ ईएम १३ लगायतका विभिन्न नाममा समेत आउने विकिपिडियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स