विद्युतीय सवारी साधन किन्न प्रभु बैंकले ऋण दिने, सबै शाखाबाट पाइने

काठमाडौं । प्रभु बैंकले विद्युतीय सवारी साधान खरिद गर्न सवारी साधन कर्जा दिने भएको छ । बैंकले प्यारामाउण्ट मोटर्सद्धारा आयात गरिएको एम्जी मोडेलब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्न प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको हो ।

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका हुन् ।

हाल बैंकले ३०१ वटै शाखाबाट नै कर्जा सुबिधा दिँदै आएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स