बीवाईडी एट्टो ३ को मूल्य १ लाखले बढ्यो

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विभिन्न मोडलका गाडीको नया मूल्य सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक विधेयकले व्यवस्था गरे बमोजिम मूल्य समायोजन गरेर नयाँ मूल्य समायोजन गरेको हो । यस अनुसार नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरिएको ५० किलोवाट आवर ब्याट्री क्षमताको मूल्य समेत सार्वजनिक भएको छ ।

कम्पनी स्रोतका अनुसार नेपाली बजारमा अब उपलब्ध हुने ५० किलोवाट आवर ब्याट्री क्षमताको एट्टो ३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

त्यसैगरी पहिले देखि नेपाली बजारमा उपलब्ध १०० किलोवाट मोटर क्षमताको एट्टो ३ को मूल्य ६५ लाख ९० हजार रुपैयाँ हुनेछ । यसको मूल्य पहिले ६४ लाख ९० हजार रुपैयाँ थियो ।

सरकारले १०० किलोवाट सम्म क्षमताको इलेक्ट्रिक गाडीमा कर बढाएको छ । सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत पु¥याउनुका साथै यो सेग्मेन्टमा १० प्रतिशत अन्तःशुल्क थपिएको छ । यसले गर्दा यो वर्षको लागि ५० देखि १०० किलोवाट सेग्मेन्टको गाडीमा कुल १५ प्रतिशत कर बढेको हो।

तर १०० किलोवाट क्षमताको भएर पनि बीवाईडी एट्टो ३ को मूल्य भने १ लाख रुपैयाँ मात्र बढेको छ । उत्पादक कम्पनीकै सहयोगमा कम मात्र मूल्य बढाइएको कम्पनी स्रोतको भनाइ छ ।

साइमेक्स इंकले १५० किलोवाटको एट्टो ३ को मूल्य पनि समायोजन गरेको छ । यसको मूल्य पहिले ८९ लाख ९० हजार रुपैयाँ भएकोमा अब ८१ लाख ९९ हजार रुपैयाँ मात्र हुनेछ ।

बजेटबाट १०० किलोवाटदेखि २०० किलोवाटसम्मको गाडीको भन्सार र अन्तःशुल्क १०÷१० प्रतिशत घटाइएको छ। यो सेग्मेन्टमा भन्सार ३० प्रतिशत र अन्तःशुल्क ३० प्रतिशत लाग्दै आएको थियो। अब १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्ने छ । यसको प्रत्यक्ष फाइदा यो गाडीलाई हुने भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स