एमजी जेडएस इभि (डिलक्स) को लागि बुकिङ खुला

काठमाडौं । एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजी जेडएस इभी (डिलक्स) को प्रि–बुकिङ खुला गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट भाषणमा ५० किलो वाट देखि १०० किलो वाट सम्मको विद्युतीय गाडीमा अत्याधिक कर बृद्धि भएतापनि एमजिको यस मोडलको गाडीको मुल्य जम्मा ५२.९९ लाख रुपैयाँ तोकिएको छ । बजेट भाषण अगाडि यस गाडीको मुल्य ५२.४९ लाख रहेको थियो ।

विश्वमा चर्चित एमजी ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरुले गर्दा नेपाली बजारमा पनि आफूलाइ एउटा अब्बल ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ । विविध विद्युतीय मोडलका उपलब्ध गराएको एमजिले आफूलाइ नेपालीहरुको सर्वाधिक रुचाइएको गाडी मध्यमा पर्न सफल भएको छ ।

कोभिडपश्चात विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मुल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो अत्याधिक विक्रिका कारणले एमजिले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मुल्य घटाउन सफल भएको छ । त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्धि कारण पनि जेडएस इभी (डिलक्स) मोडलको गाडीको मुल्यमा खासै फरक परेको छैन । प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य ५२.४९ लाख तिर्नुपर्ने जनाएको छ ।

नयाँ एमजी जेड एस. इभि. (डिलक्स) ९९ मोटर पीक पावरले सुसज्जित छ जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ र ५१ किलोवाट हर्ज ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटर को दायरा दिन्छ, जुन ३० मिनेट भित्र ८०% सम्म चार्ज गर्न सकिन्छ । ८ वर्ष ब्याट्री वारेन्टी रहेको छ ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर छ ।

सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ । एमजि जेड एस. इभि. (डिलक्स) भेरियन्ट ५ रंग विकल्पहरूमा उपलब्ध हुनेछ– डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स