नाडाद्वारा शीप तथा क्षमता विकास इकाइ गठन

काठमाडौं । नाडाले अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको शीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गर्दे जाने उद्देश्यले शीप तथा क्षमता विकास इकाई समेत गठन गरेको छ । नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदसीय इकाई गठन गरेको थियो ।

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले यहि नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

सुरुआती चरणको उक्त कार्यशाला गोष्ठिमा विद्युतीय सवारी साधनहरू आयात गर्ने नाडाका सदस्य कम्पनीहरूबाट जम्मा ७ जना प्राविधिज्ञहरू सहभागी भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले सो गोष्ठीमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिए ।

विद्युतीय सवारी साधनहरूको प्रयोग र महत्व दिन प्रतिदिन बढदै गएको परिप्रेक्षमा नाडाले पहिलो पटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । उक्त गोष्ठीमा महासंघ अन्तर्गत रहेको इ.एल.एम.यस का टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको सो वर्कशप गोष्ठिको लागि नाडाका उपाध्यक्ष, विद्युतीय सवारी साधन समितिका सभापति र स्कील डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका छन् ।

यस किसिमको वर्कशप गोष्ठीबाट नाडाले विद्युतिय सवारी साधनहरुको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ । त्यसैगरी नाडाले महासंघसंगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दे जाने लक्ष्य समेत लिएको छ ।

यसै क्रममा नाडाले अटोमोवाइल वर्कशपमा कार्यरत मेकानिक्सहरूको शीप र क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनका लागि स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको इनसियोरसँग पनि छिट्टै सम्झौता पत्रमा हस्ताक्षर गर्र्ने तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स