टेस्लाको एउटै कारको मूल्य ३१ लाख रुपैयाँले घट्यो, यस्ता छन् यसका विशेषता

काठमाडौं । बजेटले कर घटाउँदा नेपाली बजारमा उपलब्ध टेस्लाका इलेक्ट्रिक कारको मूल्यमा ३१ लाख रुपैयाँसम्मले कमी भएको छ । सरकारले १०० देखि २०० र २०० देखि ३०० किलोवाट क्षमताका इलेक्ट्रिक गाडीमा कर घटाएपछि यसको असर यी सवारी साधनमा परेको हो ।

१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ । त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ । यस अनुसार यो सेगमेन्टका इलेक्ट्रिक कार आयात गर्दा समग्रमा २० प्रतिशत कम कर तिर्नु पर्नेछ ।

२०० देखि ३०० किलोवाट क्षमताका गाडीमा अब ४५ प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । पहिले ४५ प्रतिशत भएको अन्तःशुल्कलाई ५ प्रतिशत घटाएर ४० प्रतिशत पुगेको हो । सोही कारण टेस्ला सवारी साधनको मूल्य घटेको हो ।

नेपालमा टेस्ला गाडी बिक्री–वितरण गरिरहेको एरेट इन्टरनेसनलले ३ मोडलको मूल्य समायोजन गरेको हो । यस अनुसार टेस्ला मोडल ३ को मूल्य १ करोड ४५ लाखबाट १५ लाख घटेर १ करोड ३० लाख पुगेको छ ।

त्यसरी मोडल वाई स्ट्यान्डर्ड रेन्जको मूल्य १६ लाख घटेर २ करोड ५ लाखबाट १ करोड ८९ लाख पुगेको छ भने मोडल वाई लङ रेन्जको मूल्य सबैभन्दा बढी ३१ लाख रुपैयाँ घटेको छ । यसको मूल्य २ करोड ३० लाखबाट घटेर १ करोड ९९ लाख रुपैयाँ कायम गरिएको छ ।

नेपाली बजारमा उपलब्ध टेस्ला मोडल ३ स्ट्यान्डर्ड रेन्ज प्लसको सिंगल भेरिएन्टमा उपलब्ध छ । यसमा १९८ किलोवाटको मोटर र ५४ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४५१ किलोमिटर रेन्ज दिन्छ ।

टेस्ला मोडल वाई स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको स्ट्यान्डर्ड रेन्जले सिंगल चार्जमा ४०० किलोमिटर र लङ रेन्जले ५२५ किलोमिटरको रेन्ज दिन्छ ।

टेस्लाका विशेषता
टेस्ला मोडल वाईमा २० इन्चको अलोय ह्वील, पावर एड्जस्टेवल अगाडि र पछाडिको सिट, सबै हिटेड सिट, प्रिमियम अडियो सहितको १३ वटा उफर, एलइडी फगल्याम्प, १५ इन्चको इन्फर्मेशन डिस्प्ले रहेको छ । टेस्लाको मोडल वाई रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ ।

रियर ह्वील ड्राइभमा २०९ किलोवाट क्षमताको मोटर छ भने अल ह्वील ड्राइभ सिस्टममा अगाडि र पडाडि रहेको दुबै मोटरको कम्वाइन्ड मोटरको पावर २९१ किलोवाट रहेको छ । साथै, कम्पनीले यसमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ ।

उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । हाल नेपाली बजारमा टेस्ला मोडल वाईको मूल्य २ करोड ३० लाख रुपैंयाँ रहेको छ ।

डिजाइन कारमा १८ इन्चको अलोय ह्वील अप्सनको साथमा सिल्हुट पनि देख्न सकिन्छ । कारमा फ्लश डोर ह्यान्डलर, विन्डसिल्ड देखि रियर स्पोइलरसम्म ग्लास रुफ रहेको छ ।

यद्यपि परफर्मेन्स भेरिएन्टमा पिरेली पी जीरो परफर्मेन्स रबरको साथ २० इन्चको ठूलो अर्बनटर्बान ह्वील, परफर्मेन्स ब्रेक, कार्बन फाइबर रियर स्पोइलर, लोअर सस्पेन्सन र स्पोर्टी आल्मुनियम अलोय प्याडल समावेश रहेको छ ।

टेस्ला मोडल ३ मा १५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १२ पावर एडजस्टेबल फ्रन्ट र रियर हिटेड सिट, १४ स्पिकर अडियो सिस्टम, एक सबवुफर र २ एम्प्स, यूभी र इन्फ्रारेड प्रोटेक्सन, पावर फोल्डिङ, अटो डिमिङ र हिटेड साइड मिरर, ४ यूएसबी–सी पोर्ट र २ वायरलेस चार्जिङ पोर्टको साथमा टिन्टेड ग्लासरुफ जस्ता फिचर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स