जगदम्बा मोटर्सले एनटर्कियन परिवारको क्लब बनाउने

काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ ।

यो राइड असोज १६ गते नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुनेछ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीसंग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिने छ । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु हो ।

यसले सबै राइडरहरुलाई एक अर्का संग जुड्नका लागि र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाँड्न मद्दत गर्दछ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टीभीएसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन् । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्नाएर आयोजना गरिदैछ ।

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवाल भने, ‘हामी हाम्रो टीभीएस परिवारमा ५० हजार सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं र सबै एनटर्क राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौं । यही संख्याको थप सँगै, हामी हाम्रा राइडरहरुको लागि एक सन्तोषजनक अनुभव प्रदान गर्नको लागि प्रतिबद्ध रहेका छौं । मलाई आशा छ कि एनटिर्कएनहरुले यसको पूर्ण आनन्द लिने छन् र उनीहरुको हरेक यात्रा आनन्दमय हुनेछ ।’

सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा शुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैं आफ्नो स्थान सुनिश्चित राखेको छ । उत्कृष्ट र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबै भन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ ।

अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्च प्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टीभीएसका ५ मोडलर रहेका छन् । जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स