नेपाल विद्युत प्राधिकरणलाई १५ वटा ईबाइक

काठमाडौं । डी-लाइफस्टाइलले नेपाल विद्युत प्राधिकरणलाई सुपर सोको १५ वटा प्रीमियम इलेक्ट्रिक वाइक हस्तान्तरण गरेको छ।

जनवरीदेखि नेपालमा बिक्री शुरु गरेको सुपर सोको टीएसएक विद्युतीय बाइकले ८ महिनामा ५० भन्दा बढी बाइक बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

हाल विद्युतीय सवारी बजार मागको आधारमा कम्पनीले यस चाडपर्वको अन्त्य सम्म १ लाखभन्दा बढी बाइक बेच्नेमा आशावादी देखिएको बताएको छ ।

कम्पनीले हाल नेपाली बजारमा ४ वटा मोडलहरु ल्याएको छ । सेप्टेम्बर २०२१ का मोडलका रुपमा कम्पनीले सियुएक्स टीसी म्याक्स र सीपीएक्स मोडलका बाइकहरु उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स