काठमाडौं । नेपालमै बनेको पहिलो विद्युतीय ‘यात्री’ मोटरसाइकल दर्ता भएको छ। यात्रीको पी-१ मोटरसाइकल नेपालमा उत्पति भएको पहिलो सवारीका रुपमा दर्ता भएको हो । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेसंगै उक्त बाइक दर्ता भएको हो।
आयातका क्रममा प्राप्त हुने प्रतीतपत्र देखाउन नसकेकै कारण लामो समयदेखि यात्री मोटरसाइकल दर्ता हुन सकेको थिएन। यातायात व्यवस्था कार्यालय गुर्जुधारामा पी-१को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी-१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको छ । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।
यात्रीले सन् २०२२ देखि व्यावसायिक रुपमा मोटरसाइकलन उत्पादन थालेको थियो। तर, दर्ता गर्न नपाउँदा केही महिनाअघि उत्पादन बन्द भएको थियो।
गत वैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभागलाई ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका थिए।