एमजी अल न्यू हेक्टर शाइन २०२१ एसयुभीको बुकिंग खुल्ला

काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ शाइन भेरियन्टको बुकिंग औपचारिक रुपमा शुरू गरेको छ । भारतीय बजारमा लन्च भएपछि यसले सनसनी मच्चाएको थियो ।

अब हेक्टर नेपाली बजारमा यसको मूल्य खण्डमा भित्रिन तयार भएको छ । हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुवै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहनेछ ।

यो विकसित एसयूभी अल-न्यु बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिस आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किंग ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ । जसले यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिनेछ ।

आराम र सुविधाको कुरा आउँदा, हेक्टर २०२१ सधैं अग्र स्थानमा आउँदछ । यो कारले तपाईलाई के चाहिन्छ र तपाई के चाहनुहुन्छ भन्ने कुरालाई राम्ररी बुझेको छ । यो स्टनिंग २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँदछ जसले तपाईँको आफ्नो हरेक यात्राको पललाई आरामदायक बनाउने पक्का गर्दछ ।

एमजी हेक्टर एक विकसित एसयूवी कार हो जसले आफ्नो क्षेत्रमा नयाँ बेंचमार्क स्थापित गरेको छ । यो गाडी २५ भन्दाबढी सुरक्षाका सुविधाहरुका सांथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र गति चेतावनी एलर्ट सहित उपलब्ध रहेको छ ।

यो गाडी हभाना ग्रे, क्यान्डी व्हाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर जस्ता विभिन्न सेड्सहरुमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स