यामाहाको नयाँ एमटी १५ बीएस-६ नेपाली बजारमा

काठमाडौं । यामाहा कम्पनीले एमटी १५ बीएस-६ नेपाली बजारमा ल्याएको छ । एमटी १५ बीएस-४ ले प्राप्त गरेको अपार सफलता पश्चात् यामाहाले नयाँ एमटी १५ बीएस-६ लाई बजारमा ल्याएको हो ।

यस बाइकमा सम्पूर्ण सुधारिएको एफआइ इन्जिन, एबीएस, असिस्ट सिल्पर कल्च, भीभीए, १४० एमएम रेडियल रियर टायर जडित छन् । यामाहाले यो नयाँ एमटी १५ बीएस-६ अझ धेरै नयाँ भेरियन्टमा उपलब्ध गराएको छ ।

नयाँ एमटी १५ बीएस-६ आइस फल्युड एण्ड नियन ग्रिन, मेटालिक बल्याक एण्ड भरमिलियन, डार्क म्याट ब्लु एण्ड नियन ग्रिन, मेटालिक बल्याक, डार्क म्याट ब्लु र आइस फल्युड एण्ड भरमिलियन कलर नेपालमा भित्राएको छ ।

कम्पनीले ‘यामाहम महा एक्सचेन्ज मेला’मा एमटी१५ बीएस-६ सार्वजनिकगरी प्रि बुकिङ्ग भएको १८० बाइक पनि वितरण गरिसकेको छ ।

यामाहाले सन् २००५ मा निर्माण शुरु गरेको एमटी श्रृङ्खला यमाहाको नेकेड बाइक सिरिज परिवारको सदस्य हो । एमटीको यो श्रृङ्खला डार्क साइड अफ जापान नामले पनि परिचित छ । मास्टर अफ टर्कको विरासत सन् २००५ मा एमटी ०१ बाट शुरु भएको थियो ।

जुन हालसम्म पनि यामाहाले ग्लोबल्ली सफलतापूर्वक निर्माण र वितरण गर्दै आइरहेको छ । एमटी १५ श्रृङ्खलाका बाइकहरु सिटी र अर्बन स्पोर्टस बाइक हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स