बीवाईडीले नयाँ कार ह्याचव्याक नेपाली बजारमा आउँदै, यस्ता विशेषता

काठमाडौं । बीवाईडीले नयाँ कार ह्याचव्याक मोडल नेपाल आउने भएको छ । अबको २ महिनामा नेपाल आउने तयारी भएको उक्त कार पूर्ण ब्राण्ड न्यू मोडलको कार हो । बीवाईडीको आधिकारीक विक्रेता साइमेक्स इंकले डल्फिन ल्याउन गर्नु पर्ने सबै तयारी लगभग पुरा भएको जनाएको छ ।

मोटर र ब्याट्री साइज

बीवाईडी डल्फिनमा ४४ किलोवाट आवर क्षमताको एलएफपी ब्लेड ब्याट्री पाउन सकिन्छ । कम्पनीका अनुसार डल्फिन ह्याच व्याकमा ७० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्छ ।

टप स्पीड
बीवाईडी डल्फीनले शून्यदेखि १०० किलोमिटरको स्पीड १०.९ सेकेन्डमा भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता सिट्रोन सीथ्रीको तुलनामा धेरै छ । यसले प्रतिघण्टा १५० किलोमिटरको स्पीड प्रदान गर्ने क्षमता राख्छ । कम्पनीले यसमा इनर्जी सेभिङ, स्नो, स्पोर्टस् र कम्फर्ट ड्राइभ मोड दिइएको छ ।

साइज

बजारमा उपलब्ध फोर मिटर एसयूभीको साइज भन्दा केही मात्रै ठूलो डल्फिनको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । यसमा निकै लामो २७०० एमएमको ह्वीलवेस पाउन सकिन्छ । डल्फीनमा १६ र १७ इन्चको अलोय ह्वील दिइएको छ ।

अन्य फिचर

बीवाईडी डल्फिनमा फ्ल्याटवटम मल्टी फङ्गशनल स्टेरिङ ह्वील, ५ इन्चको फूल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको फ्लोटिङ टचस्कृन, इलेक्टिीकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडिको यात्रुलाई आर्मरेष्ट, पानारोमीक सनरुफ जस्ता फिचर पाउन सकिन्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स