अटोनिक्सका ४ मोडलका इलेक्ट्रिक साइकल नेपाल भित्रियो, शुरुवाती मूल्य ६२ हजार ५००

काठमाडौं । नेपालमा इलेक्ट्रिक साइकलको बिक्री वितरण हुने भएको छ । न्यु इनर्जी मोटरले नेपालमा इलेक्ट्रिक साइकलको बिक्री वितरण शुरु गर्न लागेको हो । कम्पनीले भारतीय ब्राण्ड अटोनिक्सका इलेक्ट्रिक साइकल नेपालमा बिक्री गर्न लागेको हो । कम्पनीले नेपाली भुगोल सुहाउँदो ४ वटा मोडलका इलेक्टिक साइकल भित्र्याएको छ ।

अटोनिक्स गो ३ एक्स, अटोनिक्स भोल्टीक, अटोनिक्स गो र अटोनिक्स रेम्बोगरी ४ वटा इलेक्ट्रिक साइलक कम्पनीले बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । इलेक्ट्रिक साइकलको शुरुवाती मूल्य ६२ हजार ५ सय रुपैयाँ र अधिकतम मूल्य १ लाख १० हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यी सबै इलेक्ट्रिक साइकल प्योर इभीका शोरुम तथा डिलरमा उपलब्ध हुनेछ ।

अटोनिक्स गो ३एक्स

अटोनिक्स गो ३एक्समा लिथियम आयान एनसीएम १५.६ एम्पीयर आवर ब्याट्री छ । ब्याट्री लाईफ औसतमा ७५० साइकल रहेको छ । चार्ज समय ३ देखि ४ घण्टा रहेको छ । रेञ्ज ६५ किलोमिटर र अधिकता स्पीड २५ किलोमिटर प्रति घण्टा छ । साइकलमा २६टी दीया ३८ थ्रोटलेस सस्पेन्सन फोर्क रहेको छ । साइकलमा दुवै पांग्रामा डिक्स ब्रेक दिइएको छ । साइकलको टर्क ४५ एनएम रहेको छ । साइकल टर्क रेड र ग्यालेक्सि ब्लू कलरमा उपलब्ध छ । साइकलमा बीएलडीसी २५० वाट ३६ भोल्ट मोटर जडान गरिएको छ ।

अटोनिक्स गो

अटोनिक्स गोमा लिथियम आयन एनसीएम ५.२ एम्पीयर आवर ब्याट्री छ । ब्याट्री लाईफ औसतमा ७५० साइकल रहेको छ । चार्ज समय ३ देखि ४ घण्टा रहेको छ । रेञ्ज २५ किलोमिटर रहेको छ । अधिकतम स्पीड २५ किलोमिटर प्रति घण्टा छ । २६ टी फोर्क सस्पेन्सन छ । अघिल्लो पांग्रामा डिक्स ब्रेक छ । साइकलमा बीएलडीसी २५० वाट ३६ भोल्ट मोटर जडान गरिएको छ । क्रिमसन र प्रिडेटर कलरमा उपलब्ध छ ।

अटोनिक्स भोल्टीक

अटोनिक्स भोल्टीकमा लिथियम आयन बीएलडीसी ५.२ एम्पीयर आवर ब्याट्री छ । ब्याट्री लाईफ औसतमा ७५० साइकल रहेको छ । चार्ज समय ३ देखि ४ घण्टा रहेको छ । रेञ्ज २५ किलोमिटर छ । अधिकतम स्पीड २५ किलोमिटर प्रति घण्टा छ । २६ टी रिगिड फोर्क सस्पेन्सन छ । अघिल्लो पांग्रामा डिक्स ब्रेक छ । साइकलमा बीएलडीसी २५० वाट ३६ भोल्ट मोटर जडान गरिएको छ । रेड ब्ल्याक र टिटानियम ग्रे कलरमा उपलब्ध छ ।

अटोनिक्स रेम्बो

अटोनिक्स रेम्बोमा लिथियम आयन बीएलडीसी १०.४ एम्पीयर आवर ब्याट्री छ । ब्याट्री लाईफ औसतमा ७५० साइकल रहेको छ । चार्ज समय ३ देखि ४ घण्टा रहेको छ । रेञ्ज ५० किलोमिटर छ । अधिकतम स्पीड २६ किलोमिटर प्रति घण्टा छ । फोर्क सस्पेन्सन छ । दुवै पांग्रामा डिक्स ब्रेक छ । साइकलमा बीएलडीसी २५० वाट ३६ भोल्ट मोटर जडान गरिएको छ । मेटल, म्याटे ग्रे, क्रोम ब्ल्याक, भिजन रेड र वाइट कलरमा उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स