काठमाडौं । अमेरिकाको डियर एण्ड कम्पनीको सहायक कम्पनी जोन डियर इण्डिया प्रालिको ५० एचपी फोर ह्वील ड्राइभ ट्रयाक्टर नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि जोन डियरको आधिकारीक बिक्रेता विवेक अटोमोवाईल्स प्रालि रहेको छ ।
यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले किसान समुदायको उत्पादकत्व बढाउने कम्पीले विश्वास लिएको छ । कम्पनीले यसै समारोहबीच जोन डियरको १० औं हजार नबरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तारन्तर गरेको छ ।
जोन डियर इण्डियाकाका बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले किसान उपभोक्ता तथा विवेक अटोमोवाईल्ससँगको लागमो सहयात्रामा यो ऐतिहासिक क्षण भएको बताए । ट्रयाक्टरको विशेषता तथा उपभोक्ता मैत्री सेवाले नै सफलता हात लागेको लागेको अनि विवेक अटोमोवाईल्सको देशभरी छरिएर रहेका विक्री तथा सेवा केन्द्रहरको पनि सफलतामा देन रहेको बताए ।
जोन डियर आफ्नो उच्च उद्देश्य ‘वि रन सो लाईफ क्यान लिप फरवार्ड’ को साथ संसारभरीको किसान समुदायको लागि उसको कृषि उत्पादकता र आय बढाउनका लागि टेक्नोलोजीको रुपमा उत्कृष्ट उत्पादन र सेवाहरुको लागि प्रतिबद्ध भएको कम्नपीको दावी छ ।
जोन डियरले कृषि श्रृंखला एकिकृत समाधान प्रदान गरेर विश्वका धेरै क्षेत्रहरुमा कृषि प्रद्धतिहरुको आधुनिकिकरणमा नेतृत्व गरिरहेको छ । किसानहरुलाई कृषि उद्यमीको एक स्तरमा रुपान्तरण गर्न जोन डियरले विश्वासको साथ दृढतापूर्वक निर्वाह गरिरहेको छ ।
डियर एण्ड कम्पनी, संसारमै अत्याधुनिक प्रविधियुक्त वस्तु उत्पादन गर्ने तथा उपभोक्तालाई उत्कृष्ट सेवा दिने कम्पनीको रुपमा परिचित छ । सन् १८३७ देखि जोन डियरले उत्कृष्ट विशेषतायुक्त नविनतम वस्तुहरु कृषि र कन्स्ट्रक्सन उपकरण उत्पादन गर्दै आइरहेको छ ।