महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० सार्वजनिक गरेको छ । सो कम्प्याक्ट एसयूभी चार भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ ।

२०१९ देखि नेपाली बजारमा उपलब्ध भएको महिन्द्रा एक्सयूभी ३०० हाल नयाँ भर्सनमा उपलब्ध भएको हो । सो गाडी दुई प्रकारका इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार एक्सयूभी(३०० सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ । जसले यसलाई नेपालको सबैभन्दा सुरक्षित सवारी साधनहरूमध्ये एक बनाएको छ । यसमा डुअल फ्रन्ट एयरब्यागहरू, ईबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सरहरू र अन्य धेरै सुरक्षा सुविधाहरू छन् ।

जसले प्रत्येक यात्रामा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्दछ । एक्सयूभी(३०० ले ग्लोबल एनसीएपी सुरक्षा परीक्षणहरूमा पनि ५–स्टार रेटिङ प्राप्त गरेका कारण यसले नेपाली सडकका लागि भरपर्दो र सुरक्षित विकल्प बनाएको कम्पनीको भनाइ छ ।

यस्ता छन् मूल्य

सबैभन्दा कम मूल्यको भेरिएन्ट डब्ल्यु ४ को मूल्य ४२ लाख ९५ हजार रुपैयाँ छ भने डब्ल्यु ६ को मूल्य ४९ लाख ९५ हजार, डब्ल्युको मूल्य ५७ लाख ५० हजार र सबैभन्दा माथिल्लो भेरिएन्ट डब्ल्यु ८ अप्सनलको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ ।

पावरफुल इन्जिन

महिन्द्राले एक्सयूभी ३०० टर्बो सपाेर्ट मोडलमा पनि रेगुलर मोडलको जस्तै १.२ लिटर टर्बो इन्जिन दिएको छ । १४९७ सीसी इन्जिन सहितको नयाँ मोडलमा दिइएको स्पोर्ट टर्बोले १३० पीएस पावर प्रदान गर्छ । सेग्मेन्टमा उपलब्ध अन्य कारमा नेक्सनको १२० पीएस, ब्रेजाको १०३ पीएस र भेन्यू र सोनेटको समान ८३ पीएस पावर प्रदान गर्छ ।

एक्सयूभी(३०० मा भएको १.२ लिटर टर्बो–पेट्रोल इन्जिनले ११० पीएस पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । इन्जिन ६ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको छ । दुईवटा एयरब्याग, एबीएस, सबै पाङ्ग्रामा डिस्क ब्रेक, एलईडी टेल–लाइट र चारवटै पावर विन्डोज सबै मोडलहरूमा स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् ।

टीजीडीआई अर्थात टर्बोचार्जड ग्यासोलिन डिरेक्ट इन्जेक्सनद्वारा संचालित एक्सयूभी ३०० टर्बो स्पोर्ट भेरिएन्टले भने अझै बढी पिकअप दिन्छ । यसले १३० पीएस पावर र २३० एनएम टर्क जेनेरेट गर्छ । यसले ५ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । ४२ लाख मूल्यको सेगमेन्टमा यो सबैभन्दा छिटो गुड्ने पेट्रोल एसयूभी पर्ने कम्पनीले दावी गरेको छ ।

एसयूभीमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्टेयरिङ माउन्टेड कन्ट्रोल र पुस बटन स्टार्टरस्टप जस्ता उन्नत प्रविधि सुविधाहरूको दायरा पनि छ । थप रूपमा, शीर्ष–अफ–द–लाइन डब्ल्यू८ भेरियन्टले सनरुफ, लेदरको सिट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल प्रदान गर्ने कम्पनीले बताएको छ ।

एक्सयूभी ३०० सिरिज ७ रङहरू रेड रेज, एक्वा मरिन, डार्क ग्रे, पर्ल ह्वाइट, नेपोली ब्ल्याक, डी–स्याट सिल्भर र ब्लेजिङ ब्रन्जमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

सुरक्षा र फिचरमा अब्बल

टाटा नेक्सनपछि भारतीय ब्राण्डले उत्पादन गरेको एसयूभीको रुपमा एक्सयूभी ३०० ले ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । अहिले पनि सेग्मेन्टकै सर्वाधिक सुरक्षित कारको रुपमा एक्सयूभी ३०० लाई लिने गरिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स