बीवाईडीले सार्वजनिक गर्याे नयाँ टेक्नोलोजीमा आधारित डिसस सिस्टम, यस्ता छन् विशेषता

काठमाडौं । विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम अर्थात डिसस सिस्टम सार्वजनिक गरेको छ । चीनको सेन्झेनामा अवस्थित बीवाईडी हेडक्वार्टरमा चलिरहेको टेक्नोलोजी लन्च इभेन्टमा सो सिस्टम सार्वजनिक गरिएको हो ।

न्यू इनर्जी भेइकलका लागि विशेष प्रकारले डिजाइन गरिएको सो सिस्टमले ड्राइभिङ अनुभवलाई सुधार गर्नमा भूमिका खेल्छ । सो सिस्टमलाई द इन्टेलिजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम (डिसस–सी), द इन्टेलिजेन्ट एयर बडी कन्ट्रोल सिस्टम (डिसस–ए) र द इन्टेलिजेन्ट हाइड्रोलिक बडी कन्ट्रोल सिस्टम (डिसस–पी) गरी तीन भागमा विभाजन गरिएको छ ।

सो प्रविधि सार्वजनिक गरे पश्चात भर्टिकल मोसन कन्ट्रोलको सिस्टमेटिक सोलुसन उपलब्ध गराउन र न्यू इनर्जी भेइकलका लागि इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टममा दक्षता हासिल गर्नमा बीवाईडीले नेतृत्व गरेको छ । यस प्रकारको प्रविधि विकास गर्ने बीवाईडी पहिलो चाइनीज अटोमोबाइल कम्पनी समेत बनेको छ ।

बीवाईडीले सार्वजनिक गरेको सो सिस्टमले भर्टिकल मोसन कन्ट्रोलको समाधान प्रदान गर्नेछ । उक्त गाडी चलाउदा शरीर लेटरल, लंगिच्युडनल र भर्टिकल अवस्थामा हुँदा ड्राइभिङ अनुभवलाई सुधार ल्याउनु भूमिका खेल्ने छ ।

गाडीले हाई स्पिड कर्नरिङ, फुल–थ्रोटल एक्सिलरेसन वा इमर्जेन्सी ब्रेकिङको अवस्थामा यात्रुमा अनब्यालेन्स हुने समस्यालाई कम गर्छ । डिसस सिस्टमले गाडीलाई स्क्र्याच हुनबाट बचाउनुका साथै स्नो, मड वा पानीले भरिएको क्षेत्रमा जादा हुने खराीलाई समेत कमी ल्याउछ ।

बीवाईडीले भेइकल टेक्नोलोजीको क्षेत्रमा यो भन्दा पहिले विकास गरेको डीएम सुपर हाइब्रिड टेक्नोलोजी, ई–प्लेटफर्म ३.०, ब्लेड ब्याट्री र ई४ प्लेटफर्म पश्चात पश्चात यो अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स