सप्तरीका राजकुमार साहले जिते ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजनाअन्तर्गत १० लाख रुपैयाँ

काठमाडौं। दशैंतिहारलाई लक्षित गर्दै टीभीएसले ल्याएको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत सप्तरीका राजकुमार साहले १० लाख रुपैयाँ जितेका छन् ।

उनले टीभीएस अपाचे आरटीआर १६०-४भी किनेका थिए । उनले अपाचे किन्नुअघि पनि सात हजार रुपैयाँ जितेका थिए । खरिद गर्ने क्रममा १० लाख रुपैयाँ जितेका हुन् ।

जगदम्बा मोटर्स टीभीएसलाई धन्यबाद दिँदै उनले भने, ‘मलाई त पत्यारै लागेको थिएन १० लाख जित्दा । यसले चाडपर्व राम्रो हुनेछ ।’

६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । योजना गत भदौ १० गतेबाट शुरु भएको हो । योजना टीभीएसबा सबै शोरुममा लागू छन् ।

योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी वेवसाइटमा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् भने सवारी खरिदमा १० लाखसम्मको भारी नगद हात पार्न सक्ने विज्ञप्तिमा जनाइएको छ । दैनिक एक थान रियलमी सी२० स्मार्ट फोन पनि उपहार पाइनेछ ।

योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् । हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउने अवसर पनि मिल्ने छ । योजनाको अन्त्यमा टीभीएसको सवारीसँगै प्रोटोन सागा कार पनि जित्न सकिनेछ । यो उपहार एक जनालाई दिइनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स