अमेरिकी ईभी उत्पादक कम्पनी टेस्लाले आकर्षक सानो कारसहित तीन नयाँ सेगमेन्ट ल्याउँदै

काठमाडौं । अमेरिकी ईभी उत्पादक कम्पनी टेस्लाले ५३ किलोवाट आवर क्षमताको आकर्षक सानो कार र र दुई ठूला एसयूभी बजारमा ल्याउने भएको छ । टेस्लाले इन्ट्री लेभल मोडल बजारमा ल्याउने चर्चा निकै अघि सुरु गरेको थियो । उक्त सानो कारमा ५३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्रीमा आउने भएको हो ।

कम्पनीले ल्याउने ठूला कमर्शियल बस र ट्रकहरु निकै लामो रेन्ज दिन सक्ने क्षमता राख्नेछन् । त्यसको लागि कम्पनीले ३०० देखि ८०० किलोवाट आवर क्षमता ब्याट्री प्रदान गर्नेछ । सानो ह्याचव्याक र दुई ठूला एसयूभी बजारमा ल्याउने योजनासहित कमर्शियल सेग्मेन्टलाई पनि तिब्र विस्तार गर्ने योजना टेस्लाले अगाडि सारेको हो । कम्पनीले नयाँ ३ मोडलको तयारी थालेको जनाएको छ ।

टेस्लाका सीईओ इलन मस्कले यसअघि नै नयाँ मोडल कार बजारमा ल्याउने योजना तयार भएको घोषणा गरेका थिए । चीन र जर्मनीमा नयाँ प्लान्ट संचालनमा आएसँगै टेस्लाको उत्पादन क्षमता विस्तार भएको थियो ।

टेस्लाले मेक्सीकोमा बनाइ रहेको नयाँ गिगा फ्याक्ट्रीबाट वार्षिक २० लाख यूनिट
कार उत्पादन क्षमता रहने छ । त्योसँगै टेस्लाको जडित उत्पादन क्षमता ४० लाख यूनिट प्रतिवर्ष पुग्नेछ । यसले टेस्लाको कार विक्रीमा नयाँ उचाई छुने कम्पनीले दावी गरेको छ ।

विश्व बजारमा डिलर सिप मोडलमा अहिलेसम्म काम नगरेको टेस्लाले अबको दिनमा कसरी आफ्नो नेटवर्क विस्तार गर्नेछ, त्यो हेर्न भने निकै रोचक हुनेछ । नेपालमा अरेटी इन्टरनेशनल प्रालिले टेस्लाका कार ल्याएर विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स